काठमाडौँ । शेयर बजारमा यो हप्ता नेप्सेमा वृद्धि भएको छ । यो हप्ता शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको हो ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१ दशमलव ६१ अंकले गिरावट आएर २ हजार ७ सय ६९ दशमलव ९३ अंक कायम भएको थियो । यो साताको बजार पूँजीकरण ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँमा सिमित भएको छ ।
यो साता ४ दिन कारोबार हुँदा २ दिन ओरालो लागेको थियो भने २ दिन बजार बढेको थियो । यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८ सय ७६ दशमलव ७४ विन्दुमा पुगेको छ । अघिल्लो साता १५१.६१ अंकले गिरावट आएको थियो ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २ हजार ८ सय ८५ दशमलव ५३ विन्दुमा पुगेको थियो भने ६ अर्ब ३२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार सोमबारको दिन शेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको थियो । साथै मंगलबार नेप्से १९.२९ अंकले बढेर २ हजार ८ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको थियो ।साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ बिन्दुमा झरेको थियो ।



