काठमाडौं । आज ३ वटा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार ग्रिन र्लाफ हाइड्रोपावर, एसियन लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा ग्रिन लाइफ हाइड्रोपावरले लगानीकर्ताको हात खाली बनाएको छ । यस कम्पनीले यसै वर्ष आईपीओ जारी गरेका हुनाले यसले लगानीकर्तालाई कुनै लाभांस दिएको छैन ।
एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २ प्रतिशतनगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।
यस्तै प्रिमियर इन्स्योरेन्सको पनि आजै साधारणसभा रहेको छ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।



