images
images

एलिट वर्गका लगानीकर्ता खाेज्दा बिकेन एचआईडीसीएलकाे शेयर, फेरि लिलामी हुने


  • 447
    SHARES
  • २०७८ माघ २० गते बिहीबार

    एलिट वर्गका लगानीकर्ता खाेज्दा बिकेन एचआईडीसीएलकाे शेयर, फेरि लिलामी हुने

    काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले ३ कराेड ३० लाख कित्ता संस्थापक शेयर पुन: लिलामी गर्ने भएकाे छ । कम्पनीले जारी गरेकाे हकप्रद शेयरमा आवेदन नपरेकाे उक्त शेयर लिलामीका लागि राखिएकाेमा बिक्री नभएपछि फेरि लिलामी गर्न लागेकाे हाे ।
    यसअघि एचआईडीसीएलले कम्तीमा १ कराेड कित्ता शेयर आवेदन दिन पाउने उल्लेख गरेकाे थियाे । न्युनतम १०० रुपैयाँ घटाउन नमिल्ने भएकाेले साे प्रक्रियामा सहभागी हुन कम्तीमा १ अर्ब रुपैयाँ चाहिथ्याे । यस्ताे रकम बैंकबाट ऋण लिन समेत पाइँदैन । यही कारण कम्पनीकाे शेयर बिक्री हुन सकेकाे थिएन ।
    अब भने कम्पनीले थाेरै पुँजी भएकाले समेत आवेदन दिन पाउनेगरी शेयरकाे लिलामी गर्दैछ । यससम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने कम्पनीले जनाएकाे छ ।


    images
    images

    Logo