काठमाडौं । इमर्जिङ्ग नेपालको आईपीओ माघ २६ गतेदेखि आउने भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको ५ लाख ५५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने ११ हजार १ सय १२ कित्ता कर्मचारीका लागि र २७ हजार ७ सय कित्ता सामूहिक लागनी कोषका लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ ।
उक्त आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।