काठमाडौँ । नेपाल स्टक ऐक्सचेञ्ज परिसुचक (नेप्से) १४.४८ अंकले घटेको छ । नेप्सेमा सो बराबर गिरावट आउँदा परिसूचक २ हजार ८ सय ७१ दशमलव ५ अंकमा झरेको छ । आज २ सय २५ सूचीकृत कम्पनीको ५ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १ लाख कित्ता शेयर किनबेच भएको छ ।
आइतबारको तुलनामा कारोबार रकममा गिराबट आएको छ र त्यसदिन ६ अर्ब ३२ करोड बराबरको कारोबार भएको थियो भने आज कारोबार आएका १३ बटा समुहको परिसुचक मध्य ३ बटा परिसुचक हरियो भएका छन् भने १० बटा राताम्मे भएका छन् ।
आज ३ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र वुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।