images
images

वित्तीय संस्थाको मान्यता पाएपछि शेयर बजारमा एचआईडीसीएलको सर्वाधिक कारोबार


  • 399
    SHARES
  • २०७८ माघ १७ गते सोमबार

    वित्तीय संस्थाको मान्यता पाएपछि शेयर बजारमा एचआईडीसीएलको सर्वाधिक कारोबार

    काठमाडौँ ।  वित्तीय संस्थाको मान्यता पाएपछि शेयर बजारमा एचआईडीसीएलको सर्वाधिक कारोबार भएको छ । सोमबार बजारमा सो कम्पनीको शेयर पौने २ घण्टाको अवधिमा सो कम्पनीको २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    कारोबार बढे पनि सो कम्पनीको शेयरमूल्य भने सामान्य मात्रै बढेको छ । पौने १ बजेसम्म सो कम्पनीको शेयरमूल्य ४ रुपैयाँले बढेर ३ सय ३९ रुपैयाँ पुगेको छ । 

    एचआईडीसीएल सहित आज सर्वाधिक कारोबारको १० स्थानमा रहेका कम्पनीहरुमा नेपाल टेलिकम, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स,  जीवन विकास लघुवित्त, सीईडीबी हाइड्रोपावर र अरुण कावेली पावर रहेका छन् ।


    images
    images

    Logo