काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) १०५.५५अंकले बढेको छ । यस साताको ेपहिलो दिन नेप्से सो बराबर बढ्न आउदाँ २ हजार ८ सय ८५ दशमलव ५३ प्रतिशतले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार २ सय ३१ कम्पनीको ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको १ करोड २१ लाख कित्ता शेयर किनबेच भएको छ ।सुचकसँगै आज कारोबार रकम पनि बढेको छ । आज कारोबार आएका सबै समुहको परिसुचकमा हरियाली छाएको छ ।
नेप्सेका अनुसार आज ५ कम्पनीको शेयर मुल्यमा वृद्धि भएको छ । शेयर मुल्यमा वृद्धि हुने कम्पनीहरु विन नेपाल लघुवित्त, शिव श्री हाइड्रोपावर, नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक, लिवर्टी ईनजी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपाबर शेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको हो ।