images
images

चुनाव हुने भएपछि शेयर बजारमा उछाल, आधा घण्टामै ८२ अंक बढ्यो


  • 549
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    चुनाव हुने भएपछि शेयर बजारमा उछाल, आधा घण्टामै ८२ अंक बढ्यो

    काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आइतबार बजार खुलेको आधा घण्टामा नेप्से ८२.१३ अंकले बढ्दा २ हजार ८ सय ६२ दशमलव ११  विन्दुमा पुगेको छ ।

    पछिल्ला दुई सातामा करिब २ सय ५० अंकले घटेको बजार यस साताको  पहिलो कारोबार दिनमै उच्च अंकले उकालो लागेको हो । 

    शेयर बजारमा कारोबारको सुरु हुदाँ १ सय ८९ कम्पनीको कारोबार भएकोमा १ सय ८७ कम्पनीको मुल्य बढेको छ भने १ कम्पनीको मुल्य घटेदा १ कम्पनीको शेयर मुल्य बराबर भएको छ ।

    शनिबार बसेको सत्तारुढ दलको बैठकले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । चुनाव समयमै हुने भएपछि शेयर बजार बढेको हो ।
     


    images
    images

    Logo