images
images

१५१ अंकले घट्यो नेप्से, बजारले गुमायो २ खर्ब १३ अर्ब


  • 511
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    १५१ अंकले घट्यो नेप्से, बजारले गुमायो २ खर्ब १३ अर्ब

    काठमाडौँ । शेयर बजारमा यो हप्ता पहिरो गएको छ । नेप्से परिसुचकमा निरन्तर गिरावट आएपछि ४१ खर्ब माथि रहेको बजार पूँजीकरण घटेर ३९ खर्ब २८ अर्बमा सिमित भएको छ । 

    यो साताको पहिलो कारोबारको दिन आइतवार शेयर बजार खुल्नु अघि बजार पुँजीकरण ४१ खर्ब ४२ अर्ब ५३ करोड थियो । तर, नेप्से सुचकमा निरन्तर गिरावट आउँदा लगानीकर्ताको सम्पती २ खर्ब १३ अर्व ९० करोडले घटेर ३९ खर्ब २८ अर्ब ६३ करोडमा सिमित भएको छ ।

    बजार पूँजीकरण सँगै यो साता शेयर मापक नेप्से सुचकमा पनि भारी गिरावट आएको छ । ५ दिन खुलेको बजारमा ४ दिन नेप्से परिसुचकमा गिरावट आयो भने १ दिन मात्र बजार बढेको हो ।

    साताको पहिलो दिन कारोबार खुल्नु अघि नेप्से २ हजार ९ सय ३१ दशमलब ३४ विन्दुमा रहेकोमा निरन्तर गिरावट आएर साताको अन्तिम दिन सम्ममा २ हजार ७ सय ७९ दशमलव ९८ विन्दुमा बजार थामिएको छ । यो साता मात्र नेप्से सुचकमा १ सय ५१ दशमलव ४० अंकको गिरावट आएको छ ।


    images
    images

    Logo