काठमाडौं । अजोड इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको हो । सो दिन युनाइटेड वल्ड ट्रेड सेन्टरमा काठमाडौंमा बिहान ११ बजे साधारणसभा भर्चुअल माध्यमबाट बस्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ, जसअनुसार माघ २३ गतेसम्म दोस्रो बजारमा कारोबार भइ शेयर कायम भएका शेयरधनी साधारणसभामा सहभागी हुन पाउनेछन् ।