काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफा बाट चुक्त पुँजीको १० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत भइ यस कम्पनीको आगामि साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।