images
images

एनआईबीएल समृद्धि फण्डको स्वामित्वको १२ धितोपत्र लिलामीमा


  • 400
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    एनआईबीएल समृद्धि फण्डको स्वामित्वको १२ धितोपत्र लिलामीमा

    काठमाडौं । एनआईबीएल क्यापिटलले १२ वटा धितोपत्र लिलामीमा राखेको छ । क्यापिटलको सञ्चालनमा रहेको एनआईबीएल समृद्धि फण्ड–१ परिपक्व भएपछि सो फण्डको नाममा रहेका तर तत्काल बजारमा कारोबार हुन नसकेका धितोपत्र लिलामी प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।

    यसरी लिलामीमा रहेका धितोपत्रमा प्रभु बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, आँधिखोला लघुवित्त, डिप्रोक्स लघुवित्त र समाज लघुवित्तका शेयर तथा नेपाल बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंकका ऋणपत्रहरु छन् । 

    बिक्ला सबै धितोपत्र ? 

    क्यापिटलले बिक्रीमा राखेका शेयरहरु साधारण शेयर नै हुन् । तीमध्ये कतिपय बोनस शेयर प्राप्त भएका तर सूचीकरण हुन नसकेका छन् भने केही कारोबार रोक्का गरिएका शेयर छन् । ती शेयरको न्यूनतम मूल्य १०० राखिएकोले यसमा पर्याप्त आवेदन गर्नसक्ने देखिन्छ । 

    फण्डको नाममा रहेको डिबेञ्चरमध्ये नेपाल बैंकको ८.५ प्रतिशत, एनआईसी एशियाको ९ प्रतिशत र ११ प्रतिशत तथा ग्लोबल आईएमई बैंकको ८.५ प्रतिशत रहेको छ । यसको न्यूनतम मूल्य १००० तोकिएको छ ।

    अहिले मुद्दती खातामा बैंकको ब्याजदर १०.०५ प्रतिशतसम्म रहेको कारणले अंकित मूल्य तिरेर बजारभाउ भन्दा पनि कम ब्याजदर भएका ऋणपत्रमा आकर्षण नदेखिन सक्छ । ११ प्रतिशत ब्याजदर भएको एनआईसी एशियाको डिबेञ्चरमा भने पर्याप्त आवेदन पर्न सक्ने देखिन्छ ।

    NIBSF-1 Auction.jpg


    images
    images

    Logo