images
images

जाल्पा लघुवित्तकाे आईपीओ माघ २१ गतेदेखि


  • 903
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    जाल्पा लघुवित्तकाे आईपीओ माघ २१ गतेदेखि

    काठमाडौं । धिताेपत्र बाेर्डकाे अध्यक्ष रिक्त हुँदा राेकेकाे आईपीओ निष्कासन प्रक्रिया फेरि सुरु भएकाे छ । बाेर्डले अन्तिम स्वीकृति दिएसँगै जाल्पा लघुवित्तले यही माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेकाे हाे । यसका लागि लघुवित्तले आह्वानपत्र प्रकाशन गरेकाे छ ।

    यस अनुसार साे कम्पनीकाे ५ लाख २२ हजार कित्ता शेयर विक्री हुनेछ । यसमध्ये ८ हजार कित्ता कर्मचारी र २६ हजार १ सय कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई वितरण हुनेछ ।

    साे शेयरकाे आवेदन २१ गते खुला भई २५ गते बन्द हुनेछ । पाेखरा मुख्य कार्यालय रहेकाे राष्ट्रिय स्तरकाे साे लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा ९६ रुपैयाँ प्रतिशेयर आम्दानी गरेकाे छ ।  यसकाे नेटवर्थ ३७९.८६ रुपैयाँ छ ।


    images
    images

    Logo