images
images

जोर बिजोर प्रणालीबारे पुनर्विचार गर्न काठमाडौं उपत्यकाका सीडीओहरू बैठक बस्दै


  • 571
    SHARES
  • २०७८ माघ १३ गते बिहीबार

    जोर बिजोर प्रणालीबारे पुनर्विचार गर्न काठमाडौं उपत्यकाका सीडीओहरू बैठक बस्दै

    काठमाडौं । काठमाडौं उपत्यकाका सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीबारे पुनरबिचार गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू भोलि बैठक बस्दै छन् । उक्त प्रणालीको जनस्तरबाट अत्याधिक आलोचना भएपछि भोलि तीन वटै जिल्लाका सीडीओहरूले यसबारे थप निर्णय लिन बैठक बस्ने भएका हुन् ।

    कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न गत माघ ८ गतेदेखि सवारी साधनमा जोर बिजोर लागू गरिएको थियो । तर त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासा आउन थालेपछि सीडीओहरू छलफल गर्न लागेका हुन् ।

    गृह मन्त्रालयले पनि उपत्यकामा सञ्चालित सवारी साधनमा जोर–विजोर प्रणाली लागू गर्दा भीडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ ।  सीडीओहरुले सो प्रणाली बारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय दिने भएका छन् ।


    images
    images

    Logo