images
images

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध


  • 689
    SHARES
  • २०७८ माघ १३ गते बिहीबार

    चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ ।

    हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेलमा पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो । 

    सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडादर छानबिन समिति, २०७८ गठन गरेको थियो । 

    उक्त समितिले थप छानबिन गर्नुपर्ने भनी सिफारिस गरिएका विषयमा सम्बन्धित निकायलाई स्पष्टीकरण सोध्न र थप छानबिन गर्न यस मन्त्रालयमा पुनः छानबिन समिति गठन भएको पनि मन्त्रालयले जनाएको छ ।


    images
    images

    Logo