काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ८ सय ८ जनामा कोरोना परीक्षण भएको थियो ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २ हजार ४ सय २ जना, भक्तपुरमा २ सय २० जना र ललितपुरमा ५ सय २१ जना संक्रमित थपिएका छन्।