काठमाडौँ । हप्ताको अन्तिम दिन आज बिहीबार सामान्य अंकले शेयर बजार उकालो लागेको छ । नेपाल नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ३.२९अंकले बढेर २ हजार ७ सय ७९ दशमलब ९३ अंकले बढेको छ ।
सामान्य अंकले बढेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावर र विन नेपाल लघुवित्तका लगानीकर्ताले सवार्धिक कमाएका छन्। बुद्धभूमि नेपाल हाइड्रोपाव र कम्पनीको शेयर मुल्य आज १० प्रतिशतले बढेर ५ सय ९ रुपैयाँ पुगेको छ । त्यस्तै विन नेपाल लघुवित्तको शेयर मुल्य आज १० ले बढेर १ हजार ३ सय ३८ रुपैयाँ २० पैसा पुगेको छ ।
त्यस्तै सबार्धिक शेयर मुल्य बढ्ने कम्पनीहरु सिइडिबी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, नेशनल माइक्रोफाइनान्स, सिटिजन्स म्युचुअल फण्ड २, नबिल व्यालेन्स फण्ड ३र मानुषी लघुवित्त रहेको छन् ।




