काठमाडौँ । चार दिन लगातार घटेको नेप्से परिसुचक साताको अन्तिम दिन बिहीबार थामिएको छ । उक्त दिन नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ३.२९अंकले बढेको छ । यस साताको अन्तिम दिन नेप्से सो बराबर बढ्न आउदाँ २ हजार ७ सय ७९ दशमलव ९३ प्रतिशतले बढेको हो । बुधबारको तुलनामा आज कारोबार रकममा भने गिराबट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार २ सय २४ कम्पनीको ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको ६६ लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोबार आएका १३ समुहको परिसुचक मध्य ६ समुहको परिसुचक राताम्मे भएको छ भने ७ समुहको परिसुचक हरियाली छाएको छ ।
नेप्सेका अनुसार आज २ कम्पनीको शेयर मुल्यमा वृद्धि भएको छ । शेयर मुल्यमा वृद्धि हुने कम्पनीहरु बुद्धभूमि हाइड्रोपाबर र विन नेपाल लघुवित्त रहेको छ ।