काठमाडौँ । आज शेयर बजारमा दुई कम्पनीको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ । यस मध्य विन नेपाल लघुबित्त र बुद्धभुमि नेपाल हाइड्रोपावर शेयर मुल्यमा वृद्धि भएको हो ।
विन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावर अगाडि रहेका छन् । विन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावर १० प्रतिशतले बढेको छ ।
विन नेपाल लघुवित्तको प्रतिकित्ता १ सय २१ दशमलव ६० रुपैयाँले बढेर १ हजार ३ सय ३८ दशमलव २० रुपैयाँ भएको छ । त्यसैगरि बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ४६ दशमलव ३० रुपैयाँले बढेर ५ सय ९ दशमलव ५० रुपैयाँ पुगेको छ ।