images
images

खानी दुरुपयोगको आरोपमा ९ सिमेन्ट कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा


  • 638
    SHARES
  • २०७८ माघ १२ गते बुधबार

    खानी दुरुपयोगको आरोपमा ९ सिमेन्ट कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । ९ वटा सिमेन्ट उद्योगका मालिकसहित १८ जना विरुद्ध अख्तियारले मुद्दा चलाएको छ । खानिज पदार्थको उत्खनन्मा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरेसहित १८ जना विरुद्द विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरु विरुद्ध १ अर्ब २४ करोड भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । 

    २०७६ जेठ १४ गते तत्कालीन उपमहानिर्देशक ९हाल महानिर्देशक० रामप्रसाद घिमिरेको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरेको निष्कर्ष निकाल्दै २०७६ जेठ ३१ प्रतिवेदन बुझाएको थियो । 

    प्रतिवेदन बुझाउदा उक्त समितिले ९ वटा सिमेन्ट उद्योगबाट १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति उठाउनुपर्ने गरी कारबाहीको सिफारिस गरेको थियो । 

    तर, क्षतिपूर्ति नलिई २०७७ जेठ १५ गते जयराज घिमिरेको संयोजकत्वमा अर्को समिति गठन गरी उक्त समितिको प्रतिवेदन अनुसार १८ लाख मात्र जरिवाना लिएर करिब १ अर्ब २५ करोड राज्यलाई घाटा गराएको भन्दै उजुरी परेको थियो । 

    सिद्धार्थ मिनरल्स प्रा.लि., मारुती सिमेन्टस लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि.,सर्वोत्तम सिमेन्ट लिमिटेड, युनाइटेड सिमेन्ट प्रा.लि., सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रा.लि. र डोलोमाइट चुनढुंगा उद्योग प्रा.लि.बाट वार्षिक प्रति आर्थिक वर्ष १÷१ लाख रूपैंयाका दरले जरिवाना लिने कर्तव्यबाट पन्छिएर सामान्य जरिवाना मात्र लिएर छोडिएको अख्तियारको दाबी छ ।

    Capture.JPG


    images
    images

    Logo