काठमाडौँ । नेपाल स्टक ऐक्सचेञ्ज परिसुचक (नेप्से) ३८.४५ अंकले घटेको छ । नेप्सेमा सो बराबर गिरावट आउँदा परिसूचक २ हजार ७ सय ७६ दशमलव ६१ अंकमा झरेको छ । आज २ सय ३२ सूचीकृत कम्पनीको ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको ९३ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ ।
मंगलबारको तुलनामा कारोबार रकममा गिराबट आएको छ र त्यसदिन ५ अर्ब ३९ करोड बराबरको कारोबार भएको थियो भने आज कारोबार आएका १३ बटा समुहको परिसुचक राताम्मे भएका छन् ।
आज २ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुबित्त र बुद्धभुमि नेपालको शेयर १० प्रतिशतले बढेको हो ।