images
images

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्


  • 394
    SHARES
  • २०७८ माघ १२ गते बुधबार

    राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

    गलकोट । ताराखोला जलविद्युत्ता राखोला जलविद्युत् आयोजना  विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २ सय ८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १ सय किलोवाट मात्रै रहेको थियो । 

    दुई वर्षदेखि १ सय ८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिए । “दुई वर्षदेखि विद्युत् उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युत्समेत गाउँमा खपत भएको थिएन, गाउँमा जम्मा १ हजार ३ सय  घरमा विद्युतीकरण गरिएको छ,” उनले भने, “अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता ९नेट मिटरिङ पिपिए० गरेका छौँ । गत माघ ११ गतेदेखि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।” 

    उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ । दुई वर्षदेखि १ सय ८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ ।  प्राधिकरणअन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फ ताराखोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनिले जानकारी जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमतिअनुसार  आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ ।

    सो आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत् आयोजनामार्फत वितरण गर्ने गरी सम्झौता भएको छ ।  केन्द्र प्रमुख मरासिनीका अनुसार छ महिना (मङ्सिरदेखि वैशाख) सम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र  अर्को ६ महिना (जेठदेखि कात्तिक) सम्म प्रतियुनिट चार रुपैया ८० पैसामा खरिदबिक्री गर्ने सम्झौता भएको छ । सम्झौताले स्थानीयवासीलाई बढी फाइदा पुग्ने उहाँको भनाइ छ । स्थानीय जलविद्युत्  समस्यामा बन्द हुँदासमेत गाउँमा प्राधिकरणको विद्युत् पठाउन सकिन्छ । 

     


    images
    images

    Logo