images
images

भ्रष्टाचार नियन्त्रणमा ‘नेपाल असफल’


  • 367
    SHARES
  • २०७८ माघ १२ गते बुधबार

    भ्रष्टाचार नियन्त्रणमा ‘नेपाल असफल’

    काठमाडौं । पछिल्लो एक दशकमा भ्रष्टाचार नियन्त्रणमा नेपालले सुधार गर्न नसकेको देखिएको छ। भ्रष्टाचारमा शून्य सहनशिलता नारामा मात्रै देखिएको छ। 

    ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई) ले सार्वजनिक गरिएको  २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको भ्रष्टाचारको अवस्थामा कुनै सुधार नआएको पाइएको छ । सीपीआई २०२१ ले  १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेको छ। 

    विगत १ वर्ष सन् २०२०र२१० मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा यो सूचकांक सार्वजनिक गरिएको छ।  सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अंक (११७ औं स्थान) दिइएको छ । गत वर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) मै थियो । यसअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको टीआईले जनाएको छ । 


    अघिल्लो र चालू वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसके टीआई नेपालका अध्यक्ष पदमिनी प्रधानांगले बताइन् । २०१९ मा ३४ अंकसहित नेपाल १ सय १३ औं स्थानमा थियो। त्यस्तै, २०१८ मा ३१ अंक प्राप्त गरी १२४,  २०१७ मा ३१ अंकसहित १ सय २२, २०१६ मा २९ अंकसहित १ सय ३१,२०१५ मा २७ अंकसहित १ सय ३०, २०१४ मा २९ अंकसहित १ सय २६, २०१३ मा ३१ अंकसहित १ सय १६ र २०१२ मा २७ अकंसहित १ सय ३९ औं स्थानमा थियो। एक दशकको सूचकांक हेर्दा भ्रष्टाचारमा नेपालको अवस्थामा दयनीय छ। दक्षिण एसियाली देशमा पनि नेपालको अवस्था कमजोर छ।  अन्नपूर्ण पोस्टबाट


    images
    images

    Logo