काठमाठौं । आज नेप्सेमा एशियन लनइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन हुँदैछ । नेप्सेका अनुसार कम्पनीको २५ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन हुने भएको हो ।
सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य १ हजार ५७ रुपैयाँ ६ पैसामा समायोजन हुनेछ । उक्त कम्पनीको अन्तिम कारोबार १ हजार ३ सय २२ रुपैयाँमा भएको थियो ।
कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।