काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १८ हजार १ सय ३ जनामा कोरोना परीक्षण भएको थियो ।
पछिल्लो २४ घन्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ८ सय ७५, भक्तपुरमा ५ सय १५ र ललितपुरमा ७ सय ८२ जना संक्रमित थपिएका छन्।