काठमाडौँ । नेपाल स्टक ऐक्सचेञ्ज परिसुचक (नेप्से) ५.९२ अंकले घटेको छ । नेप्सेमा सो बराबर गिरावट आउँदा परिसूचक २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ । आज २ सय २९ सूचीकृत कम्पनीको ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९७ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबार आएका १३ बटा समुहमध्ये जीवन बीमा बाहेक अरु सबै समुहको परिसुचक राताम्मे भएका छन् । अहिल्लो दिन सय अंकले नेप्से घेटदा पनि ८ अर्ब माथिको कारोबार भएको थियो तर आज झिनो अंकले घट्दा कारोबार पनि ५ अर्बमाथि सीमित हुन पुगेको छ ।
सामान्य अंकले घटेको बजार आज २ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुबित्तको १० प्रतिशत बढेको छ भने बुद्धभुमि नेपालको शेयर करिब १० प्रतिशत बढेको छ ।