काठमाडौं । स्वरोजगार लघुवित्तको १० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार सो कम्पनीको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस शेयर वापत १० लाख २८ हजार १ सय ९८ कित्ता बोनस शेयर नेप्सेमा थपिने भएको हो ।
सो कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न योग्य हुनेछ ।