काठमाडौं । काठमाडौं कपनबाट लागू औषधसहित २ जना पक्राउ परेका छन् । सोमबार बुढानिलकण्ठ नगरपालिका कपन रुद्रमतीचोकबाट करिब १०.९३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनकुटा घर भएकी हाल गैरीगाँउ बस्ने रेनुका तामाङ र एकताबस्ती बस्ने धनुषा घर भएकी लक्ष्मी लामा रहेकी छन् ।
गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।