काठमाडौं । सुनचाँदी बजारमा आज ५ सयले सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर र प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।