images
images

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि आवेदन दिन सकिने


  • 468
    SHARES
  • २०७८ माघ ११ गते मंगलबार

    छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले हकप्रद शेयर आज देखि निष्कासन गरेको छ । कम्पनीले निष्काशन गरेको १०ः३ बराबरको ३० प्रतिशत हकप्रद शेयर आज देखि फागुन२ गतेसम्म खुला  हुनेछ । 

    कम्पनीले ८ करोड ९३ लाख रुपैयाँको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हकप्रद जारी गर्ने प्रयोजनका लागि पुष २१ गतेका लागि बैंकले शेयरधनी किताब खाता बन्द गरेको थियो ।

    जसअनुसार पुष २० गतेसम्म दोस्रो बजारमा कारोबार भइ आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले सो हकप्रद शेयर भर्न पाउनेछन् ।

    हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलले बिक्री प्रबन्धकको जिम्मा लिएको छ । हकप्रद सेयरमा आवेदन बिक्री प्रबन्धकका साथै  बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


    images
    images

    Logo