काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्न माग १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस अनुसार माग ११ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । उक्त कम्पनीको वार्षिक साधारणसभा माग २१ होटल दियालो लर्डस प्लाजा वीरगञ्जमा बिहान ११ः३० बजे सभा बस्दैछ ।
सो साधारणसभाले आर्थिक वर्ष २०७७र७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।



