images
images

मिटरब्याजीकाे आराेप लागेपछि नासा सेक्युरिटीले निकाल्याे विज्ञप्ति


  • 924
    SHARES
  • २०७८ माघ ११ गते मंगलबार

    मिटरब्याजीकाे आराेप लागेपछि नासा सेक्युरिटीले निकाल्याे विज्ञप्ति

    काठमाडौं । बैंककाे अरबाैं ऋण नतिरेर फरार रहेका व्यवसायी अ‍ाेमप्रकाश अग्रवालसँग नाम जाेडिएपछि नासा सेक्युरिटीले आपत्ति जनाएकाे छ । साेमबार राती विज्ञप्ति निकाल्दै ब्राेकर नम्बर ५८ काे रुपमा रहेकाेे उक्त कम्पनीले अग्रवालसँग आफ्नाे कुनै सम्बन्ध नरहेकाे जनाएकाे हाे ।

    अग्रवालकाे नाममा आफुकहाँ डिम्याट खाता नै नभएकाे भन्दै नासाले कुनै सम्बन्ध नै नभएकाे व्यक्तिसँग नाम जाेडेर सम्प्रेषित समाचार संस्थाकाे साख गिराउने उद्देश्यबाट प्रेरित रहेकाे दाबी समेत गरेकाे छ ।

    ब्यवसायी अग्रवाल फरार भएपछि उनी मिटरब्याजीकाे दुष्चक्रमा फसेकाे पत्ता लागेकाे थियाे ।  नासा सेक्युरिटीमाथि मिटरब्याजमा लगानी गरेकाे आशंकामा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराेले अनुसन्धान गरिरहेकाे भन्दै केही सञ्चार माध्यममा समाचार आएकाे थियाे ।
    img_1_1643066203911.jpg


    images
    images

    Logo