images
images

नेपालको जनसंख्या कति पुग्यो बुधबार थाहा हुने


  • 590
    SHARES
  • २०७८ माघ १० गते सोमबार

    नेपालको जनसंख्या कति पुग्यो बुधबार थाहा हुने

    काठमाडौं । नेपालको जनसंख्या कति पुग्यो बुधबार थाहा हुने भएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको हो ।

    सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म र दोस्रो चरणको २०७८ कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

    नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।


    images
    images

    Logo