काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१ हजार २ सय १ जनामा कोरोना परीक्षण भएको थियो ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६ सय ३४, भक्तपुरमा ४ सय ५५ र ललितपुरमा ५ सय ८७ संक्रमित थपिएका छन्।