काठमाडौं । बुधबार शेयर बजार परिसूचक १०० अंकले घट्यो । एकैदिन १०० अंकले घट्दा बजारमा अधिकांश कम्पनीले उच्च मूल्य गुमाए ।
तर, यही अवधिमा ६ वटा कम्पनीको शेयरको भने मूल्य बढेको छ । त्यसरी मूल्य बढ्ने कम्पनीमध्ये २ वटाको मूल्यमा सकारात्मक सर्किट नै लागेको छ ।
आज सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा विन नेपाल लघुवित्त र वुद्धभूमि हाइड्रोपावर रहेका छन् ।
त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स र गोर्खाज फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि बढेको छ । सानिमा क्यापिटलको सानिमा लार्ज क्याप र सिद्धार्थ बैंकको १०.२५ प्रतिशत ब्याजदर भएको डिबेञ्चरको मूल्य पवनि आज बढेको छ ।