images
images

नेप्सेमा १०० अंकको पहिरो, कारोबार ह्वात्तै बढ्यो


  • 494
    SHARES
  • २०७८ माघ १० गते सोमबार

    नेप्सेमा १०० अंकको पहिरो, कारोबार ह्वात्तै बढ्यो

    काठमाडौँ । आज शेयर बजारमा समग्र मुल्य सुचांकहरु घटेको छ । नेप्सेमा एकाएक पहिरो जाँदा लगानीकर्ताले करोडौँ रकम गुमाएका छन् । साताको दोस्रो दिन सोमबार नेप्सेमा शेयर मुल्यमा उच्च अंकले गिराबट आएको छ । शेयर बजारका अधिंकाश समुहको शेयर मुल्य  घटेका छन् ।

    नेपाल स्टक ऐक्सचेञ्ज परिसुचक (नेप्से) १००.१० अंकले घटेको छ । नेप्सेमा सो बराबर गिरावट आउँदा परिसूचक २ हजार ८ सय २० दशमलव ४१ अंकमा झरेको छ । आज २ सय २७ सूचीकृत कम्पनीको ८ अर्ब ८८ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज बजारमा विन नेपाल लघुवित्त, बुद्धभूमि हाइड्रोपावरको शेयर सर्वाधिक मूल्यले बढेको छ । 


    images
    images

    Logo