images
images

बैंकमा कोरोना : ६ हजार भन्दा बढी कर्मचारी संक्रमित, १४२ शाखा बन्द, वाग्मती प्रदेशमा ९४ शाखा बन्द 


  • 475
    SHARES
  • २०७८ माघ १० गते सोमबार

    बैंकमा कोरोना : ६ हजार भन्दा बढी कर्मचारी संक्रमित, १४२ शाखा बन्द, वाग्मती प्रदेशमा ९४ शाखा बन्द 

    काठमाडौं । पछिल्लो समय कोरोनाको संक्रमण तिव्र रुपमा फैलिदै गएको र बैंकहरुमा पनि यस्ले प्रभाव पारेको छ । आइतबारसम्म वाणिज्य बैंकहरुमा कुल ६ हजार २ सय १३ जना कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । 

    यसरी कर्मचारीहरु कोरोनाबाट संक्रमित भएपछि बैंकहरुले धमाधम आफ्ना शाखाहरु बन्द गर्न लागेका छन् । बैंकर्स संघको तथ्यांक अनुसार हाल बाणिज्य बैंकका १ सय ४२ वटा शाखाहरु बन्द भइसकेका छन् । यी शाखाहरुमा कर्मचारी संक्रमणबाट मुक्त भएपछि मात्रै सेवा प्रदान गरिने भएको छ । 

    त्यस्तै, वाग्मती प्रदेशभित्रका मात्रै कुल ९४ वटा शाखा कार्यालयहरु बन्द भएका छन् । कोरोनाबाट संक्रमित भएका कुल संक्रमित मध्ये वाग्मती प्रदेशभित्र कार्यरत कर्मचारी मात्रै ३ हजार २ सय ९६ जना रहेका छन् । 

     

     


    images
    images

    Logo