images
images

६ महिना पछि एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति


  • 845
    SHARES
  • २०७८ माघ १० गते सोमबार

    ६ महिना पछि एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले  ६ वटा कम्पनीलाई एकैपटक आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आइतबार बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, र इमर्जिङ नेपाललाई आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

    बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख रुपैयाँ बराबरकोको ३६ लाख ५५ हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । हाइड्रोपावरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

    यस्तै ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरकोको ६२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

    नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरकोको ८ लाख २८ हजार कित्ता आइपीओ निष्काशन लागि आवेदन दिएको छ  । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

    जाल्पा सामुदायिक लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ बराबरकोको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

    यस्तै राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरकोको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । 

    यसैगरि इमर्जिङ नेपालले ५ करोड ५५ लाख रुपैयाँ बराबरको ५ लाख ५५ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

    यी ६ बटै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको लागि आइतबार अनुमति दिएको छ ।


    images
    images

    Logo