काठमाडौं । सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज सुन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।