images
images

इम्पेरिमेन्ट चार्जमा ३९ करोड छुट्याउँदा घट्यो सनराइज बैंकको नाफा


  • 368
    SHARES
  • २०७८ माघ १० गते सोमबार

    इम्पेरिमेन्ट चार्जमा ३९ करोड छुट्याउँदा घट्यो सनराइज बैंकको नाफा

    काठमाडौं । निष्क्रिय कर्जा र अन्य कारणले इम्पेरिमेन्ट चार्जमा ३९ करोड छुट्याउँदा घट्यो सनराइज बैंकको नाफा घटेको छ । बैंकले यो अवधिमा ७४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष सो बैंकको नाफा ९४ करोड ९४ लाख रुपैयाँ थियो । 

    सो बैंकले यो अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    यो अवधिमा बैंकले खुद ब्याज आम्दानीमा सामान्य वृद्धि गरेको छ । बैंकले यो अवधिमा १ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८१ करोड रुपैयाँ थियो । शुल्क तथा कमिसन आम्दानी भने बैंकको ४८ करोडबाट बढेर ५२ करोड पुगेको छ । 

    बैंकले यस पटक इम्पेरिमेन्ट चार्जबापत ३९ करोड ४९ छुट्याएको छ । अघिल्लो वर्ष यो शीर्षकबाट ९ करोड फिर्ता आएको थियो । यही शीर्षकमा ४८ करोडको फरक पर्न जाँदा बैंकको नाफा घटेको देखिएको हो । 

    बैंकको निष्क्रिय कर्जा अनुपात १.०६ प्रतिशतबाट घटेर १.४१ प्रतिशत पुगेको छ । 


    images
    images

    Logo