काठमाडौं । एनएमबि बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा बैंकले सो बराबरको नाफा कमाएको हो ।
सो बैंकले यो अवधिमा १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको नाफा बढे पनि यो अवधिमा ब्याज आम्दानी भने घटेको छ । बैंकले यो अवधिमा २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ८६ करोड रुपैयाँ थियो । शुल्क तथा कमिसन आम्दानी भने बैंकको ५८ करोडबाट बढेर ८६ करोड पुगेको छ ।
बैंकले इम्पेरिमेन्ट चार्जबापत छुट्याएको रकम यो वर्ष घटेर १६ करोडमा झरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.३८ प्रतिशतबाट घटेर १.४९ प्रतिशतमा झरेको छ ।
बैंकको कष्ट अफ फण्ड ५.७८, आधारदर ८.५८ प्रतिशत, प्रतिशेयर आम्दानी १८.९६ प्रतिशत रहेको छ ।



