काठमाडौं । वागमती प्रदेशका श्रम तथा यातयातमन्त्री घनश्याम दाहालले यातयात कार्यालयमा चितवनमा मन्त्रीको छड्के अनुगमन गरेका छन् । यातायात कार्यालयले दिने सेवा सुविधाप्रति जनगुनासो प्राप्त भएपछि मन्त्री दाहालले आइतबार भरतपुरस्थित यातयात कार्यालयको छड्के अनुगमन गरेका हुन् ।
मन्त्री दाहालले कुनै बहानामा गरिब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताएका छन् । मन्त्री दाहालले सेवाग्राहीहरुलाई सम्बोधन गर्दै, कर्मचारीहरुले बढी पैसा मागे अखतियार दुरुपयोग आयोगमा उजुरी गर्न आग्रह गरे ।
मन्त्री दाहालले वागमती प्रदेशमा यातायात सेवालाई नमुना बनाउने अभियानमा गृह जिल्ला चितवनबाट सुरु गरेको उल्लेख गरे । वागमती प्रदेशको यातायात मन्त्रीको कार्यभार सम्मालेसगैँ यातायातको क्षेत्रमा वागमती प्रदेशलाई मुलुककै नुमना बनाउने घोषण गरेका थिए ।
यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि यो सेवालाई जनमुखीसगैँ गुनासोरहित बनाउने अभियानको क्रममा यातायात सेवा कार्यालय भरतपुर चितवनमा पुगेका थिए ।
“मैले भन्दै आएको छु उनलेभने, म यहीको स्थायी हो म यही पेन्सन पकाउछु भनेर नसोच्नुस् ।”
“यातायात कार्यालयलाई अब एउटा गतिमा लानु पर्नेछ, उनले भने, कार्यालयमा ढिलासुस्तबारे जनगुनासो आउन भएन, सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा दिनुस् ।”
मन्त्री दाहालले अहिले नविकरणको काम गर्दा त गुनासो आउछ भने भोलि चितवनमा लाईसेन्स नै बनाउदा के हुन्छ ? उनले प्रश्न गरे । अहिले सबैभन्दा बढी काम यातयात कार्यालयबाट हुन्छ भने सबैभन्दा धेरै गर्नुपर्ने बदनाम पनि कार्यालयनै हुनु परेको उनको कथन थियो । यो सिंगो यातयात मन्त्रालयकै बदनाम हो ।
चितवनको यातयात कार्यालयलाई देशकै नमुना कार्यालय बनाउन वागमती प्रदेश सरकार तत्पर रहेको उनको भनाई छ । मन्त्री दाहालले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी समेत लिएका थिए । सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको प्रतिक्रिया दिएका थिए ।
मन्त्रीले कार्यालय अनुगमनपछि कार्यालय प्रमुखको कार्यकक्षमा बसेर कर्मचारीहरुलाई कडा निर्देशन पनि दिए । जनतालाई छिटो–छरितो र सरकारले तोकेको राजश्व रकम लिएर सेवा प्रदान गर्न मन्त्री दाहालले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
यातायात कार्यालयले दिने सेवा सुविधाप्रति जनगुनासो प्राप्त भएपछि आफू छड्के अनुगमनमा आएको बताउँदै मन्त्री दाहालले जनताले पाउनु पर्ने सेवा, सुविधामा आर्थिक चलखेल भएको आफू कहाँ जानकारी आए कारबाही गर्न पछि नपर्ने चेतावनी समेत दिए ।
यातायात कार्यालयका कर्मचारीहरु लाईसेन्स नविकरण, बाटो ईजाजत र जाचपासमा घुस खाने गरेको र घुस नदिँदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मन्त्री दाहालले छड्के अनुगमन गरेको बताए ।
यातायात सेवा कार्यालय कार्यालय प्रमुख विनोद पौडेलले आफुहरुले रातदिन नभनेर काम गरिरहेको बताए । उनले भने कार्यालय सडक छेउमै छ यहाँ आउने सेवाग्राहीका सवारी सडक सम्मै पार्किङ्ग भैरहेका छन छिटो सेवा विस्तार गर्ने ब्यवस्था मिलाईदिन म अनुरोध गर्दछु ।



