images
images

विदेशबाट ऋण लिन महँगो ब्याज तिर्न पाउने, लिबोरलाई बेञ्चमार्क नमानिने


  • 317
    SHARES
  • २०७८ माघ ९ गते आइतबार

    विदेशबाट ऋण लिन महँगो ब्याज तिर्न पाउने, लिबोरलाई बेञ्चमार्क नमानिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट लिइने ऋणमा तिर्नसक्ने अधितकम ब्याजदरको सीमा बढाएको छ । आइतबार राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी नियमावलीमा संशोधन गर्दै यस्तो सीमा बढाएको हो । साथै यसअघि व्याजदर निर्धारणमा प्रयोग हुँदै आएको लन्ड इन्टरबैंक इन्ट्रष्ट रेट (लिबोर) लाई समेत विस्तार गरी विभिन्न बेञ्चमार्ककका ब्याजदरका आधारमा यस्तो ऋण लिन सकिने व्यवस्था गरेको छ । 

    संशोधित नियमावली अनुसार बैंक तथा वित्तीय संस्था बाहेक अन्य उद्योग, कम्पनी वा फर्मले एकवर्षे बेञ्चमार्क ब्याजदरमा ६ प्रतिशतसम्म थप ब्याजदर तिरेर विदेशबाट ऋण ल्याउन सक्नेछन् । 

    त्यस्तै, विदेशमा रहेका आफन्तबाट १० लाख अमेरिकी डलरसम्म र भारतबाट भए १० करोडसम्म भारतीय रुपैयाँ ऋण लिँदा बेञ्चमार्क ब्याजदरमा २ प्रतिशतसम्म ब्याज तिर्न पाइनेछ । 

    विदेशी लगानी भएका उद्योग वा कम्पनीले ऋण लिँदा शेयर पुँजी वा खुद सम्पत्ति लगानीको शतप्रतिशतको सीमासम्म बेञ्चमार्क ब्याजदरको ३ प्रतिशतसम्म थप गर्न सकिने उल्लेख गरिएको छ । 

    नेपाली बैंक तथा वित्तीय संस्थाले विदेशी बैंक तथा वित्तीय संस्थासँग ऋण लिँदा भने यस्तो दर एकवर्षे बेञ्चमार्क ब्याजदरमा ४.५ प्रतिशतसम्म बढी हुनसक्ने व्यवस्था गरिएको छ । यस्तो ऋणको अवभि ६ महिनादेखि १५ वर्षसम्म हुन सक्नेछ । 

    यस्तो दरमा नियमानुसार कर कट्टि गरेर ब्याज भुक्तानी गर्नुपर्ने समेत राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बेञ्चमार्क ब्यादरको रुपमा अमेरिकी डलरमा ऋण लिनेको लागि एसओएफआर, पाउन्ड स्टर्लिङमा ऋण लिनेको लागि एसओएाआईए, स्वीस मुद्रामा ऋण लिनको लागि एसएआरओएन, जापानबाट ऋण लिनको लागि टीओएनए र युरोमा ऋण लिनको लागि ईएसटीईआर लाई बेञ्चमार्क ब्याजदर तोकेको छ । 


    images
    images

    Logo