images
images

भिजिट भिसामा खाडी जान नपाउने नियमबाट सरकार 'वान स्टेप ब्याक'


  • 569
    SHARES
  • २०७८ माघ ९ गते आइतबार

    भिजिट भिसामा खाडी जान नपाउने नियमबाट सरकार 'वान स्टेप ब्याक'

    काठमाडौं । भिजिट भिसामा खाडी जान नपाउने निर्णयबाट सरकार एक कदम पछि हटेको छ । आइतबार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले यसमा लचक भएको हो ।

    मन्त्रालयले सोमबारदेखि लागू हुनेगरि भिजिट भिसामा खाडि मुलुक र मलेसिया जान सबैलाई रोक लगाउने निर्णय गरेको थियो । अब खाडी मुलुकबाहेक कम्तिमा २ मुलुकको भ्रमण गरिसकेकालाई भ्रमणको अनुमति दिने भएको छ  ।

    त्यस्तै विरामी कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिने भएको छ । तर नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने भनिएको छ ।

    Grihamantralaya_release.jpg


    images
    images

    Logo