काठमाडौं । नेपाल राष्ट्र बेंकले हाइपर फण्डको नाममा हुँदै आएको लगानीलाई गैरकानूनी भन्दै यस्ता काम गर्ने÷गराउने विरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार सूचना जारी गर्दै राष्ट्र बैंकले वोसियल, क्राउड–आई, सोलेक्यम्स ग्लोबल जस्ता पीरामिडमा आधारित नेटवर्क मार्केटिङमा सहभागी हुन प्रात्साहन गर्ने/गराउने गरिएको पाइएको भन्दै यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालमा यस्तो भर्चुअल करेन्सी वा क्रिटोकरेन्सीले मान्यता नपाएको भन्दै राष्ट्र बैंकले यस्तो कारोबारमा सहभागी हुँदा लगानीकर्ताहरु ठगिने सम्भावना हुने तथा देशको पुँजी पलायन हुनेतर्फ समेत बैंकले सचेत गराएको छ ।
