images
images

शेयर बजारमा नेपाल टेलिकमः उच्च मूल्य वृद्धि, सर्वाधिक कारोबार

यी हुन आजका सर्बाधिक कारोवार गर्न १० कम्पनी


  • 571
    SHARES
  • २०७८ माघ ९ गते आइतबार

    शेयर बजारमा नेपाल टेलिकमः उच्च मूल्य वृद्धि, सर्वाधिक कारोबार

    काठमाडौं । पुँजी बजारकै सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको नेपाल टेलिकमो शेयरमूल्यमा आन उत्साह आएको छ । सो कम्पनीको मूल्य आज एकैदिन ५६ रुपैयाँले बढेर १ हजार ५ सय १३ रुपैयाँ पुगेको छ । गिरावटका बाबजुद आज यस कम्पनीको मूल्य ३.८४ प्रतिशतले बढेको हो । 

    मूल्य वृद्धिसँगै शेयर बजारमा आज टेलिमकले सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थान ओगट्न सफल भएको छ । आज  टेलिकमको ३२ करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो। 

    टेलिकमसहित आज सर्वाधिक कारोबारको १० स्थानमा रहेका कम्पनीहरुमा अपि पावर कम्पनी, एनआईसी एशिया बैंक,  शिखर इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, अरुण भ्याली हाइड्रोपावर, आईएमई जनरल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, अपर तामाकोशी हाइड्रोपावर र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् ।


    images
    images

    Logo