images
images

नेपाली व्यापारको नियति : सर्वाधिक निर्यात हुने वस्तुकै उच्च आयात


  • 456
    SHARES
  • २०७८ माघ ९ गते आइतबार

    नेपाली व्यापारको नियति : सर्वाधिक निर्यात हुने वस्तुकै उच्च आयात

    काठमाडौं । नेपाली सीमा क्षेत्रभित्र ६ महिनामा १० खर्ब रुपैयाँको मालवस्तुको वैधानिक आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि पुससम्मको उक्त अवधिमा ९ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँमा सीमित भएको छ । 

    यो हिसाबले हेर्दा ६ महिनाको यो अवधिमा आयात र निर्यात समेत गरी कुल ११ खर्ब १८ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २२ अर्बको भएको थियो । यो वर्षको कुल ब्यापार अघिल्लो वर्षभन्दा यो ५४.८६ प्रतिशत बढी हो । 

    आयात र निर्यातको यो अवस्था हेर्दा ५ महिनाको उक्त अवधिमा देशले ८ खर्ब ८० अर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो ४६.६४ प्रतिशतले बढी हो । यो अवधिमा आयात निर्यात अनुपात ८.४१ प्रतिशत रहेको छ । यसले १०० रुपैयाँको सामान आयात गर्दा नेपालले ८.४१ रुपैयाँ मात्रै निर्यात गर्न सकेको अवस्था बुझाउँछ । अघिल्लो वर्ष यस्तो अनुपात १०.८८ रुपैयाँ थियो । 

    यो अवधिमा सर्वाधिक आयात हुने ३ वटा वस्तुमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यास रहेका छन् । ६ महिनामा ६१ अर्ब रुपैयाँको डिजेल र २९/२९ अर्ब रुपैयाँको पेट्रोल र ग्यास आयात भएको छ । २६ अर्बको आइरन र स्टिल आयात हुँदा २५ अर्बको सोयाबिन तेल र २४ अर्बको पाम क्रुड आयलको आयात भएको छ ।  यो अविधमा १६ अर्बको सुन तथा १५ अर्बको मोबाइल आयात भएको भन्सार विभागले जनाएको छ । 

    यो अवधिमा निर्यात भएका प्रमुख वस्तुमध्ये ३४ अर्बको सोयाबिनको तेल र झन्डै ३२ अर्बको प्रशोधित तथा अप्रशोधित पाम आयल रहेको छ । यी दुई प्रकारका तेलको मात्रै ६६ अर्बको निर्यात भएको छ जुन कुल निर्यातको आधा भन्दा धेरै हिस्सा हो । जबकी यी दुवै वस्तु नेपालका उत्पादन भने होइनन् ।

     


    images
    images

    Logo