images
images

आज पनि घट्यो शेयर बजार, अर्धवार्षिक रिपोर्टलाई बजारले पत्याएन


  • 504
    SHARES
  • २०७८ माघ ९ गते आइतबार

    आज पनि घट्यो शेयर बजार, अर्धवार्षिक रिपोर्टलाई बजारले पत्याएन

    काठमाडौं । दोस्रो त्रैमासमा उत्सहजनक वित्तीय विवरणका बाबजुद आज शेयर बजारमा गिरावट आएको छ । शुक्रबार अधिकांश बैंक, वित्तीय संस्था एवं अन्य सूचीकृत कम्पनीको समेत वित्तीय विवरण प्रकाशित भएको थियो । विवरणले यो अवधिसम्म राम्रो रिपोर्ट प्रस्तुत तरेका थिए । 

    साताको पहिलो दिन नेपाल स्टक ऐक्सचेञ्ज परिसुचक (नेप्से) १०.८३ अंकले घटेको छ । नेप्सेमा सो बराबर गिरावट आउँदा परिसूचक २ हजार ९ सय २० दशमलव ५१ अंकमा झरेको छ । आज १ सय ३१ सूचीकृत कम्पनीको ७ अर्ब ३ करोड रुपैयाँ बराबरको १ करोड ४७  लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज कारोबार आएका १३ समुहको परिसुचक ध्ये ८ समुहको परिसुचक घटेको छ । ५ समुहको परिसुचक भने बढेको छ । फाइनान्स समूहमा आन सर्वाधिक रु प्रतिशत भन्दा धेरैको गिरावट आएको छ । 

    आज बजारमा विन नेपाल लघुवित्त, बुद्धभूमि हाइड्रोपावर र मैलुङ खोला जलविद्युत्को शेयर सर्वाधिक मूल्यले बढेको छ । सामलिङ पावर, गुडविल फाइनान्स लगायतको शेयर सर्वाधिक घटेको छ । 


    images
    images

    Logo