images
images

संशोधित बजेटको साढे ४ महिनापछि फलाम आयातको करबारे एमालेले उठायो प्रश्न


  • 510
    SHARES
  • २०७८ माघ ९ गते आइतबार

    संशोधित बजेटको साढे ४ महिनापछि फलाम आयातको करबारे एमालेले उठायो प्रश्न

    काठमाडौं । संशोधित बजेट प्रस्तुत भएको साढे ४ महिना पछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले फलाम आयातमा लगाएको अन्तशुल्क तथा भन्सार दरबारे प्रश्न उठाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै यी फलामे बिलेट र स्पञ्ज आयातमा लाग्दै आएको करको दर हेरफरेरप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले यसलाई ‘पोलिसी सेटिङ’ को संज्ञा दिएका छन् । 

    सरकारले संशोधित बजेटमार्फत् गर्दाको भन्सार विन्दुमा लाग्ने अन्तशुल्क दरलाई प्रति मेट्रिकटन २ हजार ५ सय रुपैयाँ पुर्याएको छ । यसअघि यस्तो दर प्रति मेट्रिकटन १ हजार ६ सय ५० रुपैयाँ थियो । त्यस्तै, स्पञ्ज आइरन आयातको भन्सार दरलाई भने ९ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको थियो ।

    यसबारे प्रश्न गर्दै ओलीले भनेका छन्, ‘राजश्वमा करोडौं फरक पार्ने प्रतिस्थापन विधेयक मार्फत् स्पञ्ज आइरन, बिलेट जस्ता वस्तुको भन्सार महशुल र अन्तशुल्कमा हेरफेर अस्वभाविक छ  । आर्थिक सुशासनको नेतृत्व गर्नुपर्ने अर्थ मन्त्रालय आफैं यस प्रकारको ‘पोलिसी सेटिङ’ मार्फत् आर्थिक अपचलनमा संलग्न भएको आरोप लाग्नु दुःखद् हो ।’

    प्रधानमन्त्री शेरबहादुर देउवालो आफू नेतृत्वको सरकारले ६ महिनामा गरेको कामको फेहरिस्त प्रस्तुत गरेसँगै ओलीले १७ बुँदे विज्ञप्तीमार्फत् सरकारको आलोचना गरेका हुन् । 


    images
    images

    Logo