काठमाडौं । ओखलढुंगाको नारायणस्थानस्थित डोजरले खसालेकोे ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ । डोजरले पहाड सम्याउँदा करिब डेढ सय मिटर माथिबाट खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएकोहो ।
मृत्यु हुनेमा युषक कोइराला, युनिषा कोइराला र हेम बहादुर मगर छन् । निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको बोलेरोमा ६ जना सवार थिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते दुईजनालाई उपचारका लागी काठमाडौं ल्याइएको छ र एकजनाको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।